२०८१ आश्विन ३, बिहीबार ०७:२० गते
नेपाली समय

लोडसेडिङमुक्त

डेमो खबर

डेमो खबर

३ हप्ता अगाडि

२०७३ सालको लक्ष्मीपूजाका दिनबाट काठमाडौंलाई लोडसेडिङमुक्त गर्दै क्रमशः देशलाई नै लोडसेडिङमुक्त बनाउने अभियान सुरु भयो ।

Advertisement 1

विभिन्न सहरबाट लोडसेडिङ हट्दै गयो तर प्राविधिक अडचनका कारण भैरहवा भने लोडसेडिङमुक्त हुन सकेन ।

त्यसको कारण थियो, बुटवल–भैरहवा औद्योगिक करिडोरका उद्योगमा आपुर्ति हुने विद्युत् प्रसारण लाइन र भैरहवा बजारमा एउटै अमुवा सबस्टेसनबाट विद्युत् आपूर्ति हुनु ।

प्राधिकरण नेतृत्वमा कुलमान घिसिङ आएपछि बेला–बेला बुटवल–भैरहवा औद्योगिक करिडोरका १३ उद्योगलाई अमुवा सबस्टेसनबाट हटाई भरवलिया सबस्टेसनमा लैजाने चर्चा चलिरहन्थ्यो । अमुवा सबस्टेसनबाट आपूर्ति हुने विद्युत् स्वदेशी उत्पादन थियो र यसको गुणस्तर समेत सन्तोषजनक रहेकाले फिडर परिवर्तन गरी भरवलिया सबस्टेसन नलैजान यहाँका केही उद्योगीले वितरण केन्द्रमा निवेदन समेत दिएका थिए ।

Advertisement 2

सिद्धार्थनगर उद्योग वाणिज्य संघले समेत भरवलिया सबस्टेसनको आयातित विद्युतको गुणस्तस्तर कमसल भएको र उद्योग सञ्चालनमा नकारात्मक असर पर्ने हुँदा पुरानै फिडरमा नै राखिदिन सिफारिस गरेको थियो ।

अन्य सहर लोडसेडिङमुक्त भइसकेको अवस्थामा भैरहवामा अझै लोडसेडिङ भइराखेकाले भैरहवा वितरण केन्द्र प्रमुख प्राधिकरणको माथिल्लो नेतृत्वबाट आउने दबाबका कारण तनावमा थिए ।

Advertisement 3

त्यही बेला भैरहवाका स्थानीयले समेत भैरहवा वितरण केन्द्रलाई घेराउ गरी दबाब झनै बढाए । त्यही दबाबबीच १४ चैत २०७४ मा भैरहवा वितरण केन्द्र प्रमुखले बुटवल–भैरहवा–बुटवल औद्योगिक करिडोरका १३ उद्योगलाई एउटा पत्र थमाइदिए । जसमा थियो– ‘तपाईंको उद्योगमा विद्युत् आपूर्ति हुने फिडर १४ चैत २०७४ देखि  ट्रंकलाइनमा परिवर्तन भयो । अब उद्योगमा २४ घण्टा नै विद्युत् आपूर्ति हुनेछ । त्यसैले पिक समय बिहान ५:३० देखि ७:३० सम्म र साँझ ५:०० देखि ११:०० बजेसम्म उद्योग सञ्चालन नगरिदिनुहोला, यदि उद्योग सञ्चालन गरेको पाइए नियमानुसार कारबाही गरिने छ ।’

news is copy from onlinekhabar for developing purpose only

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

×
×