२०८१ मंसिर ६, बिहीबार १९:०५ गते
नेपाली समय

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
डेमो खबर

डेमो खबर

२ महिना अगाडि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेको सत्ता गठबन्धन छिट्टै टुट्ने दाबी गरेका छन् । त्यो बेला दलहरु सरकार बनाइदिनुपर्‍यो भन्दै माओवादी खोज्दै आउने समेत बताए ।

Advertisement 1

पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा प्रचण्डले कांग्रेस एमालेको गठबन्धन विचार वा एजेण्डाले नबनेको बताए । ‘स्वार्थ र कुण्ठाले मिलेको समीकरण धेरै दिन त टिक्दै टिक्दैन’, उनले भने, ‘भन्थ्यो भन्नुहोला, धेरै समय लाग्दैन, यो समीकरण भत्किन्छ ।’

त्यो बेला अहिलेका नेताहरु नै सरकार बनाइदिन पर्‍यो भनेर माओवादीलाई खोज्दै आउने बताएका छन् । तर माओवादी अब सरकारको खेलमा नलाग्ने उनको प्रतिवद्धता छ ।

Advertisement 2

उनले अगाडि भने, ‘छिट्टै नै सरकार बनाइदिनुपर्‍यो भनेर माओवादीलाई नै खोज्दै आउने छन्, तर अब हामी त्यो खेलमा लाग्दैनौं, तपाईंहरु पनि जनतालाई बुझाउन लाग्नोस् ।’

प्रचण्ड कांग्रेसप्रति लचिलोमात्रै थिएनन्, छिट्टै कांग्रेसले नै सरकार बनाउन माओवादीसँग प्रस्ताव गर्ने समेत संकेत गरेका छन् ।

Advertisement 3

माओवादी निकट प्रेस सेन्टरमा आवद्ध पत्रकारहरु भएको छलफलमा पनि प्रचण्डले प्रेस युनियनसँग मिलेर जाने कोशिस गर्न सुझाए । पत्रकारहरुले महासंघको चुनावबारे जिज्ञासा राख्दा यो गठबन्धन धेरै नजाने भएकाले पनि युनियनसँग अलि बढी जोड गर्न आग्रह गरेका हुन् ।

news is copy from onlinekhabar for developing purpose only

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

×
×