२०८१ आश्विन ३, बिहीबार २२:१८ गते
नेपाली समय

डेमो खबर

डेमो खबर

१ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो चौथो कार्यकाल सम्हालेको सय दिन पुगेको अवसर पारेर नयाँ धरहरा सर्वसाधारणलाई खुला गर्ने तयारीमा छन् । यसअघि ओलीले तेस्रो कार्यकालमा निर्माणाधीन धरहराको उद्घाटन गरेका थिए, तर उद्घाटन भए पनि धरहरा अझै सर्वसाधारणको लागि खुला गरिएको छैन ।

Advertisement 1

यस पटक जुन अवस्थामा तयार भएको छ, त्यही अवस्थामा धरहरा सर्वसाधारणको लागि खुलाउने तयारीमा छन् ओली । त्यसैले उक्त दिनसम्ममा धरहराको बाँकी काम पूरा गर्न प्रधानमन्त्री ओलीले शहरी विकास मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।

शहरी विकास मन्त्रालयले पनि आयोजना प्रमुखमार्फत निर्माण कम्पनीलाई उक्त दिनभित्र बाँकी काम सक्न समय दिएको छ । शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना निर्देशक कोशनाथ अधिकारीले उद्घाटन भएसकेता पनि मुख्य संरचना सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको बताए ।

Advertisement 2

तर यस पटक पनि नयाँ धरहराको काम अधुरो नै हुने देखिएको छ । धरहरा परिसरभित्रका केही काम के कसरी गर्ने भन्ने टुंगो अहिलेसम्म लागेको छैन । ती काम शुरु नै नभएकाले आधुनिक धरहरा निर्माण अझै अधुरो हुने भएको हो ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुगेको ऐतिहासिक धरहराको ठुटो त्यत्तिकै राखेर निर्माण गरिएको आधुनिक धरहराको काम अन्तिम चरणमा पुगेको छ । यसअघि सातौं पटक म्याद थप गरेको निर्माण कम्पनीले गत असारमै काम सम्पन्न गरी हस्तान्तरण गर्ने भनेको थियो ।

Advertisement 3

भूकम्पले क्षति पुर्‍याएको तीन वर्षपछि २०७५ पुस १२ मा आधुनिक धरहरा निर्माणको शिलान्यास भएको थियो । त्यसको तीन वर्षपछि निर्माण पूरा नहुँदै तत्कालीन प्रधानमन्त्री ओलीले २०७८ बैशाख ११ मा तयार भएको मूल टावर (आधुनिक धरहरा)को उद्घाटन गरेका थिए । निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएको ३ वर्षपछि बल्ल आधुनिक धरहराको काम पूरा हुने अवस्थामा पुगेको छ ।

ठेकेदार कम्पनी जीआईईटीसी-रमण कन्स्ट्रक्सन (जेभी) ओलीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको १०० दिन पुगेको दिन अर्थात असोज तेस्रो साताभित्र आधुनिक धरहरा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने दबाबमा छ । उक्त आयोजना सम्पन्न गर्न तीन अर्ब ४८ करोड रुपैयाँ खर्च भएको छ । धरहरा निर्माण गर्न ‘मै बनाउँछु मेरो धरहारा’ अभियानबाट ३६ करोड रुपैयाँ संकलन गरिएको थियो ।

 

News copy for developing purpose only from nepalpress

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

×
×