२०८१ आश्विन ३, बिहीबार ०७:२४ गते
नेपाली समय

स्मार्ट लाइसेन्स)

अहिले लाइसेन्स परीक्षा पास गरिसकेका २० लाख जनाको लाइसेन्स छाप्न बाँकी छ ।

‘प्रदेशको काम संघले ओगटेर राख्दा समस्या झन् झन् जटिल भयो, अब विभागले अत्यावश्यकबाहेक थप लाइसेन्स छाप्दैन। प्रदेशहरुले आफ्नो नाम उल्लेख गरेर सरकारको पहिचान खुल्ने चिह्न राखेर लाइसेन्स छाप्न पाउँछन् ।’

Dipesh Kushwaha

onlinekhabar

२ हप्ता अगाडि

संघीय सरकारले विद्युतीय सवारी चालक अनमतिपत्र (स्मार्ट लाइसेन्स) नियमित छपाइ बन्द गरेको छ । यातायात व्यवस्था विभागले मेसिन र स्मार्ट कार्डको सफ्टवेयरसहितको समस्या देखाएर अत्यावश्यक बाहेकका लाइसेन्स छपाइ बन्द गरेको हो ।

Advertisement 1

‘लाइसेन्स छाप्ने काम पनि राजस्व असुल गर्ने प्रदेश सरकारकै हो, संघीयता कार्यान्वयन भएको यतिका वर्षसम्म यो काम काठमाडौंमा विभागबाट भइरहेको छ’, उनले भने, ‘अब यसलाई प्रदेशकै जिम्मामा छाड्नुपर्छ, यो कामका लागि विभागको भर पर्ने अवस्था रहनु नै हुँदैन ।’

विभागले नै लाइसेन्स छापिरहनु नेपालको संविधान २०७२ को अधिकार सूची र संघीयताको मर्मविपरीत भएकाले थप लाइसेन्स छपाइको काम काठमाडौंबाट नगर्ने बताएको हो । संविधानले राष्ट्रिय यातायात नीति बनाउने काम र अधिकार मात्रै संघ सरकारलाई दिएको छ ।

सात वटा प्रदेशका ३५ भन्दा बढी कार्यालयबाट जारी र नवीकरण हुने लाइसेन्स छाप्न काठमाडौंको मीनभवनस्थित विभागमा रहेको एउटा छापाखानामा भर पर्नुपर्ने अवस्था अब राख्न नहुने उनले बताए । विगतमा जे जति कारणले यो काम विभागमै केन्द्रिकृत गरिएपनि अब यो प्रदेशलाई जिम्मा लगाउनु उचित हुने भएकाले लाइसेन्स छाप्न बन्द गरिएको उनको स्पष्टीकरण छ ।

Advertisement 2

अहिले लाइसेन्स परीक्षा पास गरिसकेका २० लाख जनाको लाइसेन्स छाप्न बाँकी छ । कुनै लाइसेन्समा दुई वा सोभन्दा बढी वर्ग समावेश हुने भएकाले १७ लाख कार्डहरुमा लाइसेन्स प्रिन्ट गर्न बाँकी रहेको अवस्था छ ।

news copy fron onlinekhabar for developing purpose only

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

×
×