२०८१ आश्विन ३, बिहीबार २२:०२ गते
नेपाली समय

डेमो खबर

डेमो खबर

३ हप्ता अगाडि

जल तथा ऊर्जा आयोगबाट प्राविधिक उपसचिव (इलेक्ट्रोनिक इञ्जिनियर) बाट दुई वर्षअघि अवकाश भएयता लहान नगरपालिका–१६ का सुकदेव चौधरी कृषि कर्ममा रमाइरहेका छन् ।

Advertisement 1

अध्ययन र अनुभवको क्षेत्र फरक भए पनि कृषि कर्म मनमा शान्ति दिने अस्त्र भएको उनले सुनाए । उमेरले छ दशक पूरा गरेका उनको लोभलाग्दो व्यावसायिक फलफूल खेती देख्दा धेरैले प्रशंसा गर्ने गरेका छन् ।

उनले लहान बजारबाट १० किलोमितर उत्तरतर्फ चुरेको काखमा अवस्थित करिब चार बिघा आफ्नै जमिनमा ‘कालिका कृषि फर्म’ दर्ता गरी ड्रागन फ्रुट, आँप, लिची, कागती, अम्बा, स्याउ, मेवालगायत फलफूल खेती गरिरहेका छन् । त्यसबाहेक चारवटा माछा पोखरी पनि छन् ।

Advertisement 2

विसं २०६५ मा ऊर्जासम्बन्धी विदेश भ्रमणमा छिमेकी मुलुक चीन गएको बेला ऊर्जा र कृषिसम्बन्धी अवलोकनबाट कृषिमा नेपालमा पनि केही गर्न सकिने सङ्कल्प लिएर अवकाश हुनुभन्दा चार वर्ष अगाडि नै कृषि फर्म दर्ता गराएर पूर्वाधार तयार गरिएको चौधरीले जानकारी दिए ।

प्राविधिक क्षेत्रमा सिद्धहस्त चौधरीलाई आकाशपछि पनि सोही क्षेत्रमा काम गर्ने अवसरको कुनै कमी थिएन । तर पनि उनी अवकाशपछि कृषि कर्ममै समर्पित भए । ‘एउटै पेसा जिन्दगीभर गरिरहदा दिक्क लाग्ने हुँदो रहेछ । शरीर र दिमागलाई पनि कुनै फरक पेसा र व्यवसायको स्वाद लिने रहर लाग्ने रहेछ सायद । मलाई पनि त्यही रहरले डोर्‍यायो’,चौधरीले भने ।

Advertisement 3

सामाजिक रुपमा इञ्जिनियरिङ पेसालाई निकै प्रतिष्ठित पेसाका रुपमा हेरिन्छ । तर कृषि कर्ममा रमाउनेहरुले त्यसप्रकारको सम्मान पाइसकेका छैनन् ।

विभिन्न देशमा भ्रमण गर्दा त्यहाँको आधुनिक कृषि प्रणाली र कृषकलाई सरकारले दिएको महत्वले आफूलाई प्रभावित बनाएको चौधरीको भनाइ छ ।

चौधरीको घर वरिपरि फलफूको आकर्षक र लोभलाग्दो खेतीले जो कसैको मन मोहित बनाउँछ । करिब ३० लाख रुपैयाँ लागतमा सुरु गरेकव व्यावसायिक कृषि खेतीबाट चौधरीले मुनाफा प्राप्त गर्न थालिसकेका छन् ।

‘जागिरबाट अवकाश हुनुभन्दा केही वर्षअघिदेखि नै ड्रागन खेती सुरु गरिसकेको थिए । त्यसपछि फलफूल खेती, माछा र माहुरीपालन पनि एकसाथ सुरु गरेको छु’, चौधरीले भने, ‘दुई वर्ष अघिदेखि १४ कठ्ठा क्षेत्रफलमा लगाइएको व्यावसायिक ड्रागन फ्रुटका खेतीले सोचेभन्दा राम्रो सफलता पाएको छु, अन्य फलफूलका बिरुवा हुर्कैदैछन् ।’

चौधरीले ड्रागन खेतीबाट जति आम्दानी गरेका छन्, त्यति नै आम्दानी ड्रागनको बोट मुनी लगाएका अन्य अन्तरबालीले दिइरहेको छ । उनले अन्तरबालीका रुपमा सिजन अनुसार लसुन, प्याज, भेण्डी, खुसार्नीलगायत तरकारी तथा फलफूल लगाएका छन् । त्यसबाहेक व्यावसायिक तरकारी खेती गरेका छन् । अन्तरबालीले ड्रागन फ्रुट खेतीलाई राम्रो स्याहारसुसार पुग्ने र त्यसबाट लाभ लिएको चौधरीको भनाइ छ ।

news is copy from onlinekhabar for developing purpose only

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

×
×